News of SEBON

विश्व लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम ।

विश्व लगानीकर्ता सप्ताह तथा बोर्डको रजत जयन्ती वर्षको अवसरमा बोर्डले आज लगानीकर्ता तथा लगानीकर्ता संघका पदाधिकारीको उपस्थितिमा बोर्ड परिसरमा लगानीकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा कुल ७५ जनाको सहभागिता रहेको थियो ।

बोर्डबाट सेजनका नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना

बोर्डले २०७४।०५।२७ मा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नव निर्वाचित पदाधिकारीलाई पहिलो पटक एक कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना प्रदान गरेको छ । सेजनका अध्यक्ष पूष्पराज आचार्य, उपाध्यक्ष प्रभात भट्टराई, कोषाध्यक्ष भागवत भट्टराई तथा सदस्यहरु एलिजा उप्रेती, हिमाल पौडेल, सागर घिमिरे र शिव बोहोराको उपस्थिति रहेको उक्त कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सम्पूर्ण सहभागीलाई स्वागत गर्नुभएको थियो ।

बोर्डको आ.व. २०७४।७५ को धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रम

बोर्डले मिति २०७४।०५।१५ मा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आ.व. २०७४।७५ को धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक ग¥यो । पँुजी परिचालनको प्रमुख संयन्त्रको रुपमा रहेको धितोपत्र बजारको स्वच्छ, पारदर्शी तथा प्रभावकारी संचालन र धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण हुने लगानीमैत्री वातावरण बनाउन धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी ढंगले अगाडि बढाउनको लागि निर्दिष्ट नीति तथा कार्यक्रममार्फत् धितोपत्र बजारको सुधार तथा विकासमा जोड दिदैं आएको बोर्डले रजतजयन्तीको अवसरमा यसरी पहिलोपटक धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा मर्चेन्ट बैंकर) सुपरिवेक्षण दिग्दर्शन, २०७४ बनाई लागू गरिएको ।

बोर्डले पछिल्लो समय धितोपत्र बजार विकास तथा सुधारका लागि विभिन्न सुधारात्मक कार्यहरु अगाडि बढाउने क्रममा प्राथमिक बजार विस्तारको लागि ASBA प्रणाली लागूगरी प्राथमिक बजार देशव्यापी रुपमा विस्तार गरिएकोे छ । त्यसै गरीे धितोपत्र व्यवसायी(मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४बाट मर्चेन्ट बैंकरको कार्य क्षेत्र विस्तार गरेको छ भने धितोपत्र दलाल व्यवसायीहरुको संस्थागत क्षमता विस्तार सम्बन्धमा समेत विभिन्न कार्यहरु गरेको छ । यसरी बोर्डले बजारको नियमन सुधार (Regulatory Reform) बाट बजार विकास तथा विस्तार हुँदै गइरहेको सन्दर्भमा बजारको चुनौतीहरु समेत बढन सक्ने भएकोले बोर्डले आगामी दिनमा सुपरिव

धितोपत्र दलाल व्यवसायीको नियम पालना अधिकृतको भूमिकासम्बन्धी छलफल कार्यक्रम

बोर्डले २०७४।०५।०२ मा धितोपत्र दलाल व्यवसायीहरुले पालना गर्नुपर्ने नियमका सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन, नियम, निर्देशिकाको व्यवस्था तथा सो सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यताका विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले धितोेपत्र दलाल व्यवसायीको नियम पालना अधिकृत (Compliance Officer) लाई सहभागी गराई छलफल कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा करिव ७५ जनाको सहभागिता रहेको थियो ।

बस्तु विनिमय बजार सम्बन्धी कानुनी व्यवस्था सम्बन्धमा छलफल

२०६४ सालदेखि नेपालमा बस्तुबजारको कारोवार भइरहेको भएतापनि नियमनको दायरामा आउन नसकीरहेकोमा धितोपत्र बोर्डको अथक प्रयासपश्चात सरकारले प्रस्तुत गरेको बस्तुबजार सम्बन्धी विधेयक, २०७४ व्यवस्थापिका संसदबाट हालै पारित भई प्रमाणिकरणको अवस्थामा रहेको छ । यस विधेयकबाट नेपालको बस्तुबजारको नियमनको जिम्मेवारीसमेत धितोपत्र बोर्डलाई दिइएको सन्दर्भमा बस्तुबजारको नियमन र विकासका लागि धितोपत्र बोर्डले आवश्यक गृहकार्य शुरु गरेको छ । यसै सन्दर्भमा बोर्डले विधेयकलाई कार्यान्वयनमा ल्याउने पूर्व तयारीका लागि आज हालै पारित भएको विधेयकका मुख्य व्यवस्थाहरु बुझाउन र बस्तुबजार संचालनका आवश्यक कानुनी लगायतका पूर्वाधार स

हितग्राही खाता संचालन गर्दा लाग्ने शुल्कको सम्बन्धमा थप स्पष्ट गरिएको बारे ।

धितोपत्रको हितग्राही खाता खोल्दा तथा उक्त खाता संचालन गर्दा निक्षेप सदस्यले हितग्राहीसँग लिन सक्ने शुल्कको सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सार्वजनिक सूचना प्रकाशित भए पश्चात सो विषयमा द्विविधा उत्पन्न भएको देखिएको पृष्ठभूमिमा धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६८ को विनियम २० सँग सम्बन्धित अनुसूची १४ मा निक्षेप सदस्यले हितग्राहीसँग हितग्राही खाता खोल्न रु. ५० (खाता खोल्दाको समय एक पटक) लिने र सो मध्ये रु.५ सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई बुझाउनुपर्ने तथा खाता संचालन भए बापत वार्षिक शुल्क रु. १०० लिने र सो मध्ये रु.

Pages