समिति गठन सम्बन्धमा ।

रिलायन्स स्पीनिङ मिल्सको शेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निस्काशन गर्ने सम्बन्धमा भएका काम कारवाहीका सम्बन्धमा निष्पक्ष छानविन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न बोर्डको मिति २०८२/०९/०४ गतेको निर्णयानुसार बोर्ड सदस्य श्री बिनोद कुमार भट्टराईको संयोजकत्वमा बोर्ड सदस्यहरू श्री आनन्द राज शर्मा वाग्ले र श्री पिताम्बर भण्डारी सदस्य रहने र समितिले आवश्यकता अनुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने गरी एक समिति गठन गरिएको छ ।