बोर्डद्वारा देशव्यापीरुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी World Investor Week 2025 सम्पन्न ।

International Organisation for Securities Commissions (IOSCO) ले "stay informed. stay protected." भन्ने नारा सहित आव्हान गरेको यस बर्षको World Investor Week (WIW) को नवौं संस्करण यही मंसिर २५ देखि पौष २, २०८२ (11-17 December, 2025) सम्म नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि, मर्चेन्ट बैंकर असोसिएसन अफ नेपाल, स्टक ब्रोकर असोसिएसन अफ नेपाल, नेपाल प्राईभेट इक्युटि असोसिएसन, धितोपत्र व्यापारी कम्पनीहरु, क्रेडिट रेटिङ्ग कम्पनीहरु तथा देशका विभिन्न क्याम्पस तथा विद्यालयहरुको सहकार्यमा सप्ताहव्यापीरुपमा विभिन्न देशव्यापी कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा सम्पन्न गरेको छ। World Investor Week 2025 (WIW2025) को मुख्य Themes हरू Technology and Digital Finance, Artificial Intelligence, Fraud and Scam Prevention Complemented with Crypto Assets and Basics of Investing रहेका छन्।
 
WIW2025 को पहिलो दिन नेपाल धितोपत्र बोर्डले काठमाडौंको यल्लो प्यागोडा होटलमा एक कार्यक्रमको आयोजना गरी औपचारिकरूपमा विश्व लगानीकर्ता सप्ताह २०२५ को उb\3fटन गरेको थियो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्रनर श्री बम बहादुर मिश्रको प्रमुख आथित्यमा संचालन भएको उदघाटन कार्यक्रमको अध्यक्षता बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले गर्नुभएको थियो। उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक श्री विनयदेव आचार्य, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक श्री शुसील देव सुवेदी, सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी श्री प्रविन पान्दाक, मर्चेन्ट बैकर एसोसिएसन अफ नेपालका अध्यक्ष रमेन्द्र रायमाझी र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष श्री सागर ढकाल अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। क्रेडिट रेटङ्ग सेवा उपलब्ध गराउने रेटिङ्ग एजेन्सी कम्पनीहरू, धितोपत्र व्यापारी, विभिन्न आर्थिक समाचार पत्रपत्रिका तथा अनलाइन मिडियासम्बद्ध संस्थाका पदाधिकारीहरू, ब्यवस्थापन अध्यापन गराउने उपत्यकाका विभिन्न क्याम्पसहरूका विद्यार्थी तथा प्राध्यापकहरू लगायत १५० जना भन्दा बढी सहभागिहरूको उपस्थितिमा उद्घघाटन कार्यक्रम सम्पन्न भएको थियो।
 
उक्त कार्यक्रममा बोर्डले WIW2025 को Theme मा केन्द्रित रही विश्व लगानीकर्ता सप्ताहको उपलक्ष्यमा तयार पारिएक लगानीकर्ता सचेतना भिडियो सामाग्री समेत सार्वजनिक गरेको थियो ।उद्घघाटन सत्रको समापनपश्चात सहभागी विद्यार्थीहरूलाई नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रस्तुतिकरण गरिएको थियो । त्यस्तै सोही दिन बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा आर्थिक राष्ट्रिय दैनिक कारोबार र आर्थिक अभियानका साथै आफ्नो वेवसाईट www.sebon.gov.np मार्फत पुँजी बजारका लगानीकर्ता तथा युवाहरुलाई लक्षित World Investor Week 2025 को मुख्य नारा तथा विषयबस्तु सहित धितोपत्र बजार तथा लगानी सम्बन्धी आधारभूत जानकारीहरु समावेश गरी मुख्य सन्देश प्रकाशन गरेको थियो।
 
त्यस्तै WIW2025 को अवसरमा नेपाल धितोपत्र बोर्डको आयोजना तथा रेडियो नेपालको सहकार्यमा मिति २०८२।०८।२७ गते विहान १० बजे रेडियो नेपालमार्फत “नेपालको पुँजी बजारका लगानीकर्ताको वित्तीय शिक्षा र सचेतनाको अवस्था, लगानीको समग्र अवस्था, लगानीको समस्या र आगामी दिनमा लगानीकर्ताको हकहित संरक्षण तथा प्रवद्धनको लागि गर्नुपर्ने कार्यहरू” लगायतको विषयहरूमा केन्द्रित भई करिव ४५ मिनेटको परिसम्वाद रेडियो कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त रेडियो कार्यक्रममा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव एवं प्रवक्ता श्री टंक प्रसाद पाण्डे, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता श्री गुरू प्रसाद पौडेल, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका प्रमुख प्राध्यापक भवानी शंकर आचार्य सहभागी हुनुहुन्थ्यो।  
 
WIW2025 को मुख्य नारा तथा विषयवस्तुमा केन्द्रित रहि उक्त सप्ताहको बाँकी दिनहरुमा बोर्डद्वारा देशभरका विभिन्न १५ वटा जिल्लाहरुमा रहेका लगानीकर्ता र विद्यालयका विद्यार्थीहरूलाई समेटी ३२ वटा पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्भि कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रमहरूमा करिब ३,००० भन्दा बढी लगानीकर्ता तथा विद्यार्थीहरूको प्रत्यक्ष सहभागीता तथा अनलार्इन रेडियो तथा टिभी कार्यक्रम, भिडियो सन्देश, आर्थिक दैनिक पत्रपत्रिका तथा बोर्डको वेवसाईट मार्फत १० औं हजार लगानीकर्ताहरूको अप्रत्क्षय सहभागिता रहेको थियो। साथै नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि, मर्चेन्ट बैंकर असोसिएसन अफ नेपाल, स्टक ब्रोकर असोसिएसन अफ नेपाल, नेपाल प्राईभेट इक्युटि असोसिएसन, स्टक डिलर कम्पनीहरु तथा क्रेडिट रेटिङ्ग कम्पनीहरुले पनि देशभरीका विभिन्न स्थानहरुमा पुँजी बजार साक्षरता तथा सचेतना कार्यक्रम संचालन गरेका थिए।  
 
World Investor Week 2025 को अवसरमा देशव्यापी रुपमा बोर्डले संचालन गरेका उल्लेखित कार्यक्रमहरुबाट आम लगानीकर्ता तथा विद्यार्थीवर्गहरुलाइ पुँजी बजार शिक्षा, धितोपत्र बजारको गतिविधी तथा महत्वको सम्बन्धमा जानकारी प्राप्त भई पुँजी बजार साक्षरतामा अभिवृद्वि हुने र यसबाट धितोपत्र बजारका लगानीकर्ताहरुले लगानी निर्णय गर्नुपूर्व सुसूचित र जिम्मेबार भई, निहित जोखिम बुझी, अनधिकृत सूचना, जानकारी अफवाहहरूबाट टाढा रही आफ्नो लगानी तथा जोखिम वहन गर्ने क्षमता अनुसार लगानी गर्ने र सोबाट समग्र पुँजी बजारको विकास हुने विश्वास बोर्डले लिएको छ ।  
 
मितिः २०८२।०९।०३