बोर्ड जनशक्तिको लागि पुनर्ताजगी तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न

नेपाल धितोपत्र बोर्ड

बोर्ड जनशक्तिको लागि पुनर्ताजगी तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न

यस बोर्डले आफ्नो जनशक्तिको लागि पुनर्ताजगी तथा क्षमता अभिवृद्धि सम्बन्धी गत आषाढ २७ र २८ गते दुई दिवसीय कार्यक्रममा बोर्डका सबै तहका जनशक्तिको सहभागीतामा सम्पन्न गरेको छ । यसमा मुख्यतः विज्ञ डा. केदार रायमाझीले कार्यालय व्यवस्थापन र सकारात्मक सोचको विषयमा र अर्का विज्ञ डा. मनोज शाहीले विकासित देशको धितोपत्र बजारको विभिन्न पक्षहरुको तुलानात्मक स्थितिको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो र साथै अन्तरक्रिया÷छलफल पनि भएको थियो ।

यसका अतिरिक्त जीवन विज्ञानका वरिष्ठ प्रशिक्षक श्री निर्मला केसीले तनाव व्यवस्थापनसहित विभिन्न याेग व्यायामहरु संचालन गर्नुभएको थियो ।

बोर्डका उपकार्यकारी निर्देशक श्री दीपा दाहालले संचालन गर्नुभएको उक्त कार्यक्रमको शुभआरम्भ गदै बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले बोर्डको यस्तो पहिलो पुनर्ताजगी तथा बोर्ड कार्यक्षत्रसँग सम्बन्धित कार्यक्रमले जनशक्ति पुनर्ताजगी भई दक्षता अभिवृद्धि हुने र त्यसबाट कार्य सम्पादनमा समेत सकारात्मक प्रभाव पार्ने हुँदा यस्तो कार्यक्रम अब नियमित रुपमा आयोजना गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।

साउन ३, २०७६ ।