प्रेस भेटघाटमा OECD-SEBON International Conference and Roundtable on Financial Consumer Protection and Education in Asia Pacific सम्बन्धी जानकारी .

  •  नेपालको पूँजी बजार र नियमनलाई अन्तर्राष्ट्रियकरण गराउने क्रममा नेपाल धितोपत्र बोर्ड (बोर्ड) ले धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था International Organisation of Securities Commissions - IOSCO) को एशोसियट सदस्यता प्राप्त गरेको छ । यसरी अन्तर्राष्ट्रिय मान्यता प्राप्तिसँगै अन्तरास्ट्रिय क्षेत्रमा बोर्डको पहिचान स्थापित भई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको बजार र नियमनलाई अगाडि बढाउदै लैजानुपर्ने दायित्व समेत बोर्डमा आएको छ ।
  •  यसै क्रममा दोस्रो पहलको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सहभागिता/Exposure अझ बढाउन बोर्डको आ. व. २०७५।७६ को वार्षिक कार्यक्रममा वित्तीय साक्षरता प्रवद्र्धन तथा ज्ञान अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय संस्था The Organization for Economic Co-operation and Development (OECD) अन्तर्गतको International Network on Financial Education(INFE) को सदस्यता लिने कार्यक्रम गरिए अनुसार हालै बोर्डले जनवरी २०१९ बाट लागू हुने गरीOECD/INFE को पूर्ण सदस्यता प्राप्त गरेको छ । OECD/INFE को नेपालको तर्फबाट बोर्डमात्र पहिलो पूर्ण सदस्य रहेको छ । स्मरणीय छ यसको पूर्ण सदस्य भनेको प्रथम स्तरको सदस्य हो ।
  • OECD एक अन्तर्राष्ट्रिय संस्था हो जसले विश्वमा मानव जीवनको समृिद्धका लागि असल तथा प्रभावकारी नीति बनाउन मद्दत गर्दछ । यसको मुख्य उद्देश्य भनेको समृद्धि, समानता र अवसरहरुको निर्माणमा सहयोग पुरयाउनु हो । विश्व अर्थतन्त्रको सुनौलो भविष्य निर्माणका लागि यो संस्था विगत ६० बर्षदेखि क्रियाशील रहेको छ ।
  • OECD ले वित्तीय साक्षरताको महत्वलाई आत्मसाथ गर्दै यस सम्बन्धी गतिविधि विस्तार गर्न एक विशिष्ट संस्थाको रुपमा सन् २००८ मा INFE को स्थापना गरेको हो । यस संस्थाले साना तथा मझौला व्यवसाय, वित्तीय साक्षरता, युवा तथा महिला वर्ग, दीर्घकालिन बचत तथा लगानी लगायतका विविध क्षेत्रहरुमा वित्तीय साक्षरता अभिबृद्धिका लागि कार्यक्रमहरु संचालन गर्दे आइरहेको छ । विश्वभरी नै वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित OECD/INFE  मा हाल ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्यको रुपमा र ९५ देशका १७२ संस्थाहरु नियमित सदस्यको रुपमा रहेका छन् ।
  • बोर्डले OECD अन्र्तगतको OECD-INFE सँगको सहकार्यमा यही असार १७ –१८, २०७६ तदनुसार जुलाई २–३, २०१९ काठमाडौंमा OECD-SEBON Conference and Roundtable on Financial Consumer Protection and Education in Asia Pacific विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा आयोजना गर्न गइरहेको छ ।
  • माननीय अर्थमन्त्री डा. युवराज खतिवडाबाट उद्घाटन हुने तथा प्रमुख वक्ताको रुपमा सम्बोधन हुने सो सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्टेलिया, काजाकिस्तान, सिंगापुर, थाइल्याण्ड, भूटान, चिन र भारत लगायत देशहरुका साथै यससँग सम्बन्धित अन्य संस्थाहरु OECD, SEBI, Australian Securities and Investments Commission (ASIC), Centre for Financial Literacy, Singapore लगायत विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरु र पूर्व एशियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरुका प्रतिनिधि गरी ४० जना वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताको अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागितासहित नेपाल सरकार–अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लि., अन्य धितोपत्र बजार सहभागी, बैंकर्स एसोशियसन, लगानीकर्ताका संघहरु लगायतका संस्थाहरुका प्रतिनिधी तथा विश्व विद्यालयका प्राध्यापकहरु गरी कुल १२५ जनाको सहभागिता रहने छ ।
  • यस अन्तर्राष्ट्रिय सम्मेलनलाई वित्तीय साक्षरता सम्बन्धमा विभिन्न सत्रहरु संचालन हुने गरी बृहत सम्मेलन र वित्तीय साक्षरता सम्बन्धमा विशेष छलफल सहितको Roundtable कार्यक्रम गरी दुई भागमा विभाजन गरिएको छ ।
  • पहिलो भाग सम्मेलनको प्रथम दिन र दोस्रो आधा दिन नेपाल लगायत अन्य बिभिन्न अन्तर्राष्ट्रिय जगत्का विज्ञहरुले वित्तीय साक्षरता, समावेशिता, वित्तीय ग्राहक सुरक्षा, वृद्ध जनसंख्याको वित्तीय समावेशिता, बाल्यकालदेखि वित्तीय जोखिमता कम गर्ने, ग्रामीण तथा शहरी जनसंख्याका वित्तीय आवश्यकता बुझ्ने, वित्तीय साक्षरतामा सुधार एवम् साना तथा मझौला उद्योगमा पहुँच वृद्धि गर्ने सम्बन्धमा विभिन्न सत्रहरु संचालन हुनेछ । उक्त सत्रका मुख्य विषयवस्तुहरु देहाय बमोजिम रहेका छन् ।                 
    •  Financial Education, Inclusion and Financial Consumer Protection in Financial Markets in Nepal and Across the Region
    • Reducing Financial Vulnerabilities from childhood.
    • Supporting and Promoting Financial Inclusion for Ageing Population.
    • Understanding the Different Needs of Rural, Remote and Urban Populations.
    • Access to Finance and Financial Education for SMEs etc.   
  • दोस्रो भाग INFE को परम्परा अनुसार दोस्रो आधा दिन वित्तीय साक्षरता तथा लगानीकर्ता संरक्षणसम्बन्धमा नीति निर्माण गर्न सहयोग पुग्ने OECD कै सहकार्यमा 9th  Roundtable on Financial Consumer Protection and Education in Asia-Pacific कार्यक्रम आयोजना गर्न लागिएको छ । यस Roundtable कार्यक्रमा केन्द्रीय बैंक, नेपाल धितोपत्र बोर्ड, वीमा समिति सहित वित्तीय अधिकारीको रुपमा कार्यरत सरकारी निकायहरु तथा वित्तीय साक्षरताका लागि कार्यरत वित्तीय सुपरीवेक्षक संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहने छ । वित्तीय साक्षरता, वित्तीय समावेशीता, वित्तीय ग्राहक सुरक्षा तथा जनसाख्यिक परिवर्तन जस्ता विषयबस्तुहरु सम्बन्धमा उक्त च्यगलमतबदभि का छलफलका विषय वस्तुहरु रहेका छन् । यस Roundtable  ले वित्तीय साक्षरता र वित्तीय शिक्षा सम्बन्धी नीति निर्माणको साथै वित्तीय शिक्षा लिने दिने अभ्यासलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा गरिएको छ ।
  •  उक्त सम्मेलन तथा Roundtable बाट वित्तीय साक्षरता तथा लगानीकर्ताको हित संरक्षण विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण सन्देश जाने तथा विभिन्न विकसित तथा अन्य विकासशील राष्ट्रहरुले वित्तीय साक्षरताको क्षेत्रमा गरिरहेका कामकारवाही, प्रविधि, अभ्यास, समस्या तथा चुनौतीहरु आदान प्रदान हुने अपेक्षा गरिएको उक्त कार्यक्रमका केही महत्वपूर्ण पक्षहरु देहाय बमोजिम रहेका छन् ।                                                                                                                                                                                                                                                                                                                      - नेपालसहित यस क्षेत्रमा वित्तीय साक्षरतासम्बन्धमा देखिएका चुनौती र अवसरहरु बारेमा छलफल गरी समाधान पहिल्याउने अवसर मिल्ने,                                                                                           - हालसालै सम्पन्न गरिएको  Nepal Investment Summit, 2019  पश्चात् उक्त कार्यक्रम आयोजना हुन लागेकोले यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको थप Exposure बढ्ने,                           -  वित्तीय साक्षरता तथा लगानीकर्ताको हित सरंक्षण विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण सन्देश जाने,                                                                                                                                          -                  -  विभिन्न विकसित तथा अन्य विकासशील राष्ट्रहरुले वित्तीय साक्षरताको क्षेत्रमा गरिरहेका कामकारवाही, प्रविधि, अभ्यास, समस्या तथा चुनौतीहरु आदान प्रदान हुने,
       -  विश्वका विभिन्न मुलुकका नियमन निकाय तथा अन्य निकायसँग सम्बन्ध विस्तार हुने र यसबाट भविष्यमा नियमन, वित्तीय साक्षरतालगायतका क्षेत्रहरुमा आपसी सहयोग आदान                         प्रदान गर्न सहज हुनको साथै नेपालको वित्तीय साक्षरता रणनीति बनाउन तथा सोको कार्यान्वयन गर्नमा समेत सहयोग पुग्ने देखिएको छ ।                                                                                       यसरी OECD  सँगको सहकार्यमा गरिने उक्त अन्तर्राष्ट्रिय सम्मेलनले बोर्ड सहित नेपालको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्ने क्षमता प्रदर्शन हुनुको साथै वित्तीय साक्षरता तथा लगानीकर्ताको संरक्षणका विविध आयामहरुलाई मूल प्रभाहिकरण गर्न महत्वपूर्ण योगदान गर्नेछ ।                                                                                                                                                                                                    साथै OECD  ले नेपाल धितोपत्र बोर्डलाई विश्वास गरी आफ्नो सहकार्यमा नेपालमा यस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नमा पुर्याएको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दे अगामी दिनहरुमा समेत यस्तो सम्मेलन गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको छवी अभिबृद्धि गर्न थप हौसला प्रदान गरेको छ ।

 

मितिः २०७६।०३।१५