निक्षेप सेवा विनियमावली, २०६८ संशोधन गरी धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल, सहज र व्यापक गरिएको सम्बन्धमा ।

विगतमा सूचिकृत धितोपत्रको कारोवार, राफसाफ तथा नामसारी लगायतको तीन वटै कार्यहरु नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) ले गर्ने गरेको र सोही वमोजिम सूचिकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी कार्य समेत नेप्सेको सिफारिशमा सम्बन्धित सूचिकृत कम्पनीबाट हुने गरेको थियो । सिडिएस एण्ड क्लियरिङ्गको स्थापना भए पश्चात धितोपत्रको राफसाफ तथा नामसारी कार्य उक्त लि. वाट हुने गरको तर घरायसी तथा मृत्यु नामसारी कार्य नेप्सेले नै गर्दै आईरहेको थियो । सिडिएसीले धितोपत्रको राफसाफ तथा नामसारी कार्य स्वचालित प्रणालीमार्फत गरिरहेको एवं धितोपत्रको अभौतिकिरण भए पश्चात घरायसी तथा मृत्यु नामसारी सम्बन्धी कार्य नेप्सेले गर्दा धेरै समय लाग्ने, अनावश्यक झण्झट वेहोर्नु पर्ने लगायतका विविध कठिनाई शेयरधनीहरले व्यहोरिरहेको तथा यस सम्वन्धमा बोर्डमा समेत गुनासाहरु प्राप्त भएको थियो । यसरी साविकमा भौतिक शेयरको घरायसी तथा मृत्यु नामसारी नेप्सेले गर्दै आएकोमा धितोपत्रको अभौतिकिरण पश्चात यस सम्वन्धमा उत्पन्न अन्यौलता, कठिनाई एवम् गुनासो समेतलाई सम्बोधन गर्न आवश्यक देखिएकोले बोर्डले नेप्से र सिडिएसीलाई यस सम्बन्धमा आवश्यक व्यवस्था गर्न निर्देशन दिएको थियो । सोही बमोजिम सिडिएसीबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा संशोधन प्रस्ताव गरी स्वीकृतिका लागि बोर्डमा पेश हुन आएको थियो । उक्त प्रस्तावित संशोधनमा बोर्डबाट पटक पटक पुनरावलोकन गरी आवश्यक सुधार गरि अन्तिम रुप दिईएको विनियमावलीको तेस्रो संशोधन प्रस्तावलाई वोर्डवाट हालसालै स्वीकृत गरिएको छ । घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सम्वन्धमा बोर्डले स्वीकृत गरेको धितोपत्र केन्द्रीय निक्षेप सेवा (तेश्रो संशोधन) विनियमावली, २०६८ मा मुख्यत देहाय अनुसारको व्यवस्था गरिएको छ,ः १) भौतिक, अभौतिक धितोपत्रको घरायसी नामसारी गर्न र मृत्यु पश्चातको धितोपत्र नामसारी गर्न सम्बन्धित निवेदकले विनियमावलीमा तोकिए बमोजिमको फारम भरी निक्षेप सदस्यकोमा सम्वन्धित कागजात सहित निवेदन दिनुपर्ने, २) निवेदन प्राप्त भए पश्चात निक्षेप सदस्यले त्यस्तो निवेदन तथा संलग्न कागजातहरु रुजु गरी सिडिएससीको प्रणालीमा प्रविष्टि गर्नु पर्ने, ३) निक्षेप सदस्यले प्रणालीमा प्रविष्टी गरे पश्चात प्रणालीबाट उपलब्ध हुने विवरण सहित निवेदन तथा संलग्न सम्पूर्ण कागजात आवश्यक कारवाहीका लागि सिडिएससीमा पेश गर्नु पर्ने, ४) निक्षेप सदस्यबाट प्राप्त हुन आएको निवेदन तथा कागजातको आवश्यक जाँचबुझ गरी उपयुक्त देखिएमा सिडिएससीले निवेदन बमोजिम धितोपत्रको हस्तान्तरण यथाशीघ्र गरि दिनुपर्ने, ५) धितोपत्र धनीको मृत्यु पश्चात् हकवालामा सर्ने धितोपत्रको हस्तान्तरणका लागि अन्य कसैको दाबी भए त्यस्तो दाबी गर्न आउनका लागि सिडिएससीको वेब साइटमा पैंतीस दिनको म्याद दिई सूचना प्रकाशित गर्नुपर्ने, ६) धितोपत्र धनीको मृत्यु पश्चात् हकवालामा सर्ने धितोपत्रको हस्तान्तरण गर्दा सो धितोपत्रसँग सम्बन्धित बोनस तथा लाभाँश लगायतका लाभहरु समेत हकवालाको नाममा हस्तान्तरण हुने । हाल वैंक तथा वित्तीय संस्था, धितोपत्र दलाल, मर्चेन्ट वैंकर तथा तिनका शाखाहरुमार्फत देशै भरिवाट डिपि सेवा प्रदान भइरहेको परिप्रेक्ष्यमा उल्लेखित व्यवस्थावाट सूचिकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया अत्यन्त सरल, सहज तथा व्यापक भई लगानीकर्ताहरु लाभान्वित हुने देखिन्छ ।

Download Files: Nepali