नासा ईन्भेष्टमेन्ट प्रा.लि लाई अनुमति पत्र प्राप्त नगरी धितोपत्र व्यवसाय सम्बन्धी कार्य बन्द गर्न पत्राचार गरिएको ।

भृकुटी चौक, विराटनगर–५, प्रदेश नं. १ स्थित नासा ईन्भेष्टमेन्ट प्रा. लि. ले नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र नलिई डिम्याट खाता, मेरो शेयर, ब्रोकर खाता (TMS) को सहजीकरण गर्ने, शेयर बजारमा पोर्टफोलियो म्यानेजमेण्ट सम्बन्धी कार्यहरु गर्ने, धितोपत्रको दोस्रो बजारमा खरिद विक्री सम्बन्धी परामर्श दिने जस्ता धितोपत्र सम्बन्धी सेवाहरु लगानीकर्ताहरुलाई प्रदान गरिरहेको भन्ने जानकारी प्राप्त जानकारीको भएकोमा उक्त कम्पनीलाई उक्त कार्यहरु बन्द गरी बार्डमा जानकारी गराउन पत्राचार गरिएको छ ।


प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम उपर्युक्त कार्यहरु नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र लिएर मात्र संचालन गर्न पाईने भएकोले बोर्डबाट अनुमति पत्र प्राप्त नगरी उल्लेखित कार्यहरु गरेमा उक्त कार्य गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइएको छ ।

बैशाख १६, २०७९ ।