नवनियुक्त बोर्ड अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठज्यूको पदबहाली सम्बन्धमा ।

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठज्यूले मिति २०८१/०८/१२ मा बोर्डमा पदबहाली गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१/०८/१० को निर्णयानुसार बोर्ड अध्यक्षमा नियुक्त हुनुभएका श्री श्रेष्ठले मिति २०८१/०८/११ मा माननीय उपप्रधान तथा अर्थ मन्त्री श्री विष्णु प्रसाद पौडेलज्यू समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।

बोर्ड अध्यक्षको स्वागतमा बोर्डका निवर्तमान अध्यक्ष तथा बोर्ड सदस्य श्री महेश बराल, बोर्डका उच्च पदस्थ कर्मचारी समेत सम्पूर्ण कर्मचारीहरूले स्वागत गरी उहाँको सफल तथा सुखद कार्यकालको शुभकामना प्रदान गर्नुभएको थियो । बोर्ड अध्यक्ष श्रेष्ठले स्वागत कार्यक्रममा धितोपत्र बजारको विकास तथा विस्तार आफ्नो प्राथमिकता रहेको र यसका लागि नेपाल सरकार, लगानीकर्ता, धितोपत्र बजार सम्बद्ध निकायहरू तथा अन्य सम्पूर्ण सरोकारवालाहरूसँग समन्वय गर्दै अगाडि बढ्ने, बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा धितोपत्र बजारलाई सूचना प्रविधिमैत्री बनाउने बताउनुभयो । साथै, उहाँले बोर्डको उद्देश्य प्राप्तिका लागि अनवरत रूपमा आफ्नो कर्तव्य पालना गर्न सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

मितिः २०८१/१०/१२