धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा तेस्रो संशोधन सम्वन्धमा ।

सार्वजनिक निष्काशन भएको धितोपत्रको खरिद प्रक्रियालाई स्वच्छ, पारदर्शी, छिटो छरितो तथा मितव्ययी बनाउन धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ लागू भएकोमा हाल धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिने लगानीकर्ताको संख्यामा उल्लेखनिय बृद्धि हुदै आएको देखिन्छ । यसरी धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिने लगानीकर्ताको संख्यामा उल्लेखनिय बृद्धि आएको तथा लगानीकर्ताबाट समेत सार्वजनिक निष्काशनमा लाग्ने लागत बढि भएकोले सोमा परिमार्जन गर्न सुझाव प्राप्त भएको सन्र्दभमा धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीमा लाग्ने लागतलाई लगानीकर्ता मैत्री वनाउँदै यस प्रक्रियामा लाग्ने सेवा शुल्कलाई समयानुकुल समायोजन गर्न आवश्यक रहेकोले बोर्डले “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” मा तेस्रो संशोधन मिति २०७९/०५/०५ देखि लागु भएको छ। । उक्त संशोधनका व्यवस्थाहरु देहाय अनुसार रहेका छनः

  • बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा एक सय रुपैयाँ सेवा शुल्क लिन सक्नेमा सो सेवा शुल्क घटाई बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको ।
  • बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रवन्धकलाई प्रति दरखास्त दश रुपैया बुझाउनु पर्नेमा सो घटाई प्रति दरखास्त दुई रुपैया बुझाउनु पर्ने व्यवस्था गरिएको ।
  • धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराए बापत निष्काशन तथा बिक्री प्रबन्धक वा वैक वा वित्तीय संस्थाले प्रति दरखास्त वापत दुई रुपैँयाका दरले शुल्क बुझाउनु पर्नेमा सो घटाई निष्काशन तथा बिक्री प्रबन्धकले प्रति दरखास्त वापत एक रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको ।