कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई बोर्ड प्रवक्ताको जिम्मेवारी

नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई तोकिएको छ । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले मिति २०८१/०२/१७ गतेदेखि लागू हुने गरेर डा. अधिकारीलाई सो जिम्मेवारी प्रदान गर्नुभएको हो । यसअघि बोर्डका कार्यकारी निर्देशक श्री मुक्तिनाथ श्रेष्ठ मिति २०७९/०९/०४ गतेदेखि प्रवक्ताको भूमिकामा हुनुहुन्थ्यो । प्रवक्ता डा. अधिकारीलाई +९७७-१-५४४४०७७ (Ext. ४१८) वा ईमेल ठेगाना nabaraj.adhikari@sebon.gov.np मार्फत सम्पर्क गर्न सकिन्छ ।