पुँजी बजार सम्बद्ध पक्षहरुसँग भेटघाट तथा परामर्श ।

नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०८३/०३/०५ को निर्णयानुसार बोर्डको अध्यक्षमा नियुक्त भई मिति २०८२/०३/१५ मा बोर्डमा पदभार ग्रहण गर्नु भए पश्चात् अध्यक्ष डा. गोपाल प्रसाद भट्टले बोर्डको नियामकीय क्षेत्राधिकार भित्र रहेका धितोपत्र बजार, सिडिएससी, धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर / धितोपत्र दलाल) सम्बद्ध एसोसिएसनहरू, क्रेडिट रेटिङ्ग एजेन्सीहरू, सर्वसाधारण लगानीकर्ताहरू एवम् पुँजी बजारसँग सरोकार राख्ने विभिन्न निकायहरूसँग भेटघाट तथा परामर्श गरिरहनु भएको छ ।

सो क्रममा नेपाल सरकारको आ.व. 2083/84 मा वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमा उल्लिखित पुँजी बजार विकास र सुधारसँग सम्बन्धित नीति एवम् कार्यक्रम, धितोपत्र बोर्डबाट आगामी आ.व.मा कार्यान्वयन गरिने पुँजी बजार विकास मार्ग चित्र (Blue Print) सहितका कानूनी (Legal), संरचनागत (Institutional), नियामकीय (Regulatory), प्रविधि (Technological) एवम् स्वस्थ, सुरक्षित, प्रभावकारी, लगानीकर्ताको हित सुरक्षित गर्ने पर्याप्त व्यवस्था भएको प्रविधिमैत्री पुँजी बजार विकासको नीति, कार्य योजना एवम् तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका योजनाहरूको विषयमा परामर्श एवम् सुझाव सङ्कलन भईरहेको छ ।

भेटघाट एवम् परामर्शको क्रममा अध्यक्षज्यूले बजार विकास र लगानीकर्ताको हित संरक्षणका सम्बन्धमा प्राप्त सुझावहरूलाई लिपिबद्ध गर्दै आगामी आ.व. २०८३/84 को कार्य योजनामा समावेश गर्ने र यथाशीघ्र पुँजी बजार विकास मार्ग चित्र (Capital Market Development Blueprint of Nepal) सहितको समग्र पुँजी बजार विकास कार्य योजना सार्वजनिक गर्ने वचनबद्धता सरोकारवाला सबै सँग व्यक्त गर्नुभएको थियो ।