बोर्ड अध्यक्ष श्री भिष्म राज ढुंगाना Ring the Bell for Gender Equality कार्यक्रममा सहभागी ।

आज मिति 2077 चैत 12 मा UN-Women को आव्हानमा World Federation of Exchanges सँग आवद्ध नेपाल स्टक एक्सचेञ्जले आयोजना गरेको Ring the Bell for Gender Equality कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री भिष्म राज ढुंगानाज्यू प्रमुख अतिथिको रूपमा सहभागी भै हौसला प्रदान गर्नुभयो।कार्यक्रममा उहाँले गत वर्ष विश्वका 77 वटा एक्सचेञ्जहरूले International Women Day को अवसर पारी यस्तो कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै Gender Equality को सचेतना अभिवृद्धिका लागि नेप्सेले पनि यस प्रकृतिको कार्यक्रम सञ्चालन गरेकोमा नेप्सेलाई बधाई तथा शुभकामना दिनुभयो।कार्यक्रममा उहाँले नेपालमा पनि दिगो विकासका 17 लक्ष्यमध्ये लैंगिक समानता (Gender Equality) पनि एक प्रमुख लक्ष्यको रूपमा रहेको र सो प्राप्तिका लागि सन्दर्भमा नेपाल सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा नेपालको पूँजी बजारमा रहेका विभिन्न निकायहरूमा महिलाको सहभागिता अभिवृद्धि तथा समानता कायमका लागि यस कार्यक्रमले महत्वपूर्ण सन्देश दिने बताउनुभयो। 

विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछाड्ने (No one will be left behind) प्रतिवद्धताका साथ नेपाल सरकारले दिगो विकासका लक्ष्यहरूलाई समावेश गरी हाल कार्यान्वयनमा रहेको 15 औं योजनाले Gender Equality र Women Empowerment को सम्बन्धमा महिलाको आर्थिक  सशक्तिकरण र सामाजिक रूपान्तरण गर्ने रणनीति लिएकोमा सो का लागि पूँजी बजारलाई पनि एक माध्यमको रूपमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो।पूँजी बजारले रोजगारी, आय लगायत विभिन्न आर्थिक गतिविधि चलायमान बनाउने भएकोले पनि यो महत्वपूर्ण क्षेत्र भएको जिकिर गर्नुभयो।उहाँले विभिन्न क्षेत्रहरूमा महिलाको उपस्थिति सुरक्षित एवं प्रोत्साहित गर्न नेपाल सरकारले संविधान लगायत विभिन्न ऐन कानूनहरूमा व्यवस्था गरेको बताउनुभयो।   

कार्यक्रममा उहाँले नेपालको पूँजी बजारमा पनि पछिल्लो समय महिला लगानीकर्ताको उपस्थिति उत्साहजनक देखिन थालेको बताउनुभयो।मन्तव्यकै क्रममा उहाँले कुल डिम्याट खातामा महिलाको खाता 42 प्रतिशत, कुल मेरो शेयर खातामा करिब 45 प्रतिशत र दोस्रो बजारमा धितोपत्रको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा करिब 31 प्रतिशत खाता महिलाको रहेको बताउनुभयो।बोर्ड लगायत पूँजी बजारका अन्य निकायहरूको उच्च व्यवस्थापकिय तहमा महिलाहरू रहने क्रम बढ्दै गएतापनि यस स्थितिलाई आगामी दिनमा थप सुदृढ गर्दै लैजानुपर्ने चुनौति भने कायमै रहेको उजागार गर्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री निलम ढुंगाना तिम्सिना, International Finance Corporation का कार्यक्रम निर्देशक श्री लोपा रहमान, UN Global Compact Nepal का President प्रदीप मान बैद्य र मेगा बैंक नेपाल लि का प्रमुख कार्यकारी अधिकृत श्री अनुपमा खुंजेलीले पनि महिला सहभागिता अभिवृद्धि र समावेशिताको लागी भएका प्रयासका बारेमा मन्तव्य राख्नुभएको थियो।

2077 चैत 12, विहिबार                                                                                                                                                         अध्यक्षको कार्यालय

                                                                                                                                                                                             नेपाल धितोपत्र बोर्ड