नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक श्री निरञ्जय घिमिरेलाई तोकिएको छ । बोर्डका अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले मिति २०८१/०८/१३ गतेदेखि लागू हुने गरी उहाँलाई सो जिम्मेवारी प्रदान गर्नुभएको हो। यसअघि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी मिति २०८१/०२/१७ गतेदेखि प्रवक्ताको भूमिकामा हुनुहुन्थ्यो ।