SEBON Chat(Beta Version)
नेपाल सरकारको निर्णयानुसार अध्यक्षको रुपमा २०७२ कार्तिकदेखि चार वर्षको लागि नियुक्त भई यही असोज मसान्तमा कार्यकाल समाप्त हुदैछ । बोर्डको अध्यक्षको लागि नियुक्त भई वहाली भएको दिन नै वोर्डको तर्फवाट यो यो कार्य गर्ने भनी कार्य योजना प्रस्तुत गरेको साथै सरकारको नीति निर्देशानुसार के के कार्य भए सोको कार्य प्रगती समिक्षा देहाय अनुसार प्रस्तुत गरिएको छ ।
१. प्राथमिक वजार सुधार तथा विकास क) डिम्याट खाता अनिवार्य गरी आस्वा प्रणालीपश्चात घन्टौ लाईन वस्नुपर्ने, सिमित स्थानवाटमात्र दरखास्त दिन सक्ने, लामो समयसम्म आफ्नो रकम होल्ड हुने तथा पूरा व्याज नपाउने जस्ता समस्याहरुको समाधान ख) एक नेपाली एक डिम्याट खाताको साथै ५० को सट्टा १० कित्तासम्म आवेदन दिन पाउने, साथै न्यूनतम १० कित्ता पाउने व्यवस्थामार्फत वजार समावेशी भएको ग) एफपिओको मूल्य निर्धारणका मापदण्ड तय तथा एकचोटी एफपिओ निश्काशन गरेपछि पाँच वर्षसम्म निष्काशन गर्न नपाउने व्यवस्था घ) अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने इत्यादि ।
२. दोस्रो वजार सुधार तथा विकास क) २०६४ सालको कारोवार अटोमेशनपछि २०७२ माघदेखि नामसारी राफसाफ अटोमेशनको शुरुआत गरी तीन दिनभित्र नामसारी राफसाफ हुने व्यवस्था गरिएको साथै हालै अनलाईन कारोबारको शुरुवात । ख) धितोपत्र कारोवारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई समसामयिक वनाई ४० प्रतिशतसम्म कम गरिएको । ग) लगानीकर्ताले मार्केट डेप्थ हेर्न सक्ने व्यवस्था । घ) एक मात्र क्लियरीङ्ग बैंकको सट्टा तीन क्लियरीङ्ग बैंक थप गर्ने व्यवस्था र ङ) दोस्रोवजार विस्तार र च) विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा उपत्यकावाहिरको प्रमुख केन्द्रहरुवाट समेत आवेदन दिनसक्ने व्यवस्था इत्यादि ।
३. लगानीकर्ताका प्रत्यक्ष समस्या समाधानः सूचिकृत कम्पनीहरुले प्रदान गर्ने हकप्रद तथा बोनस शेयर तथा नगद लाभांशसहितको रकम लगानीकर्ताका आफ्नै डिम्याट खाता र वैक खातामा स्वतः जम्मा हुने व्यवस्था इत्यादि ।
४. ब्रोकर र मर्चेन्ट बैंकिङ्ग सेवा/क्षेत्र विस्तार सुदृढीकरणः क) मर्चेन्ट वैंकरको पूँजीवृद्धिसहित संस्थागत परामर्शको सेवाको कार्यक्षेत्र थप र सेवासुदृढसहित काडमाडौवाहिर शाखा विस्तार र ख) धितोपत्र व्यवसायीको पूँजीवृद्धिसहित कार्यक्षेत्र (मार्जिन कारोवार) वृद्धि, सेवा र शाखापूर्वाधार सुदृढ र शाखा विस्तारको व्यवस्था ।
५. बोर्डको संस्थागत क्षमता अभिवृद्धिः बोर्ड अध्यक्ष एवं कर्मचारी र संचालकमा आचारसंहिता लागू, बोर्र्डमा दक्ष जनशक्ति तीन गुणा थप गर्नुका साथै संस्थागत, नियमनकारी र सुपरीवेक्षकीय क्षमता अभिवृद्धि गरिएको ।
६. नयाँ वित्तीय उपकरण/सेवाको व्यवस्थाः क) खुलामुखी सामूहिक लगानी योजना संचालन गर्ने व्यवस्था । ख) भेन्चर क्यापिटल, पा्रइभेट इक्युटी र हेज फण्डको संचालन गर्न विशिष्टिकृत लगानी कोषको व्यवस्था र ग) व्रोकरवाट मार्जिन कारोवार हुने व्यवस्था ।
७. कानुनी संरचनाको विकास तथा सुदृढीकरणको साथै आर्थिक जरिवनासहितको कानूनी कारवाहीः यस अवधिमा क) धितोपत्र दर्ता तथा निष्काशन नियमावली, धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, विशिष्टिकृत लगानी कोष नियमावली, वस्तु विनिमय वजार ऐन र नियमावली वनाई लागु गरिएको ।
ख) साथै रु. १० लाखसम्मको विभिन्न किसिमको आर्थिक जरिवनासहितको धितोपत्र व्रोकर व्यवसायीहरु, कोष व्यवस्थापक र डिपीहरुलाई कानूनी कारवाही गरिएको ।
८. बास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा ल्याउने प्रोत्साहनमूलक प्याकेज र सूचिकृत कम्पनीमा सुशासन निर्देशिका लागूः क) धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गर्न प्रोत्साहन गर्न न्यूनतम दश प्रतिशतसम्म सार्वजनिक निष्काशन गर्न पाउने, प्रिमियममा यस्तो निष्काशन गर्न पाउने साथै सरकारवाट १५–२५ प्रतिशतसम्म आयकर छुट सहितको प्याकेज प्रोग्रामको व्यवस्था गरिएको ख) सूचिकृत कम्पनीमा सुशासन निर्देशिका वनाई आव २०७५।७६ देखि लागू ।
९. बोर्डलाई अन्तराष्ट्रिय मान्यता
बोर्र्ड सन २०१७ मा धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था IOSCO को सदस्यताको साथै सन २०१९मा OECD INFE को नेपालको तर्फबाट पूर्ण सदस्यतासमेत प्राप्त भई यसरी बोर्डले अन्तराष्ट्रिय मान्यता पाएको । साथै वित्तीय साक्षरता सम्बन्धी पहिलो OECD SEBON अन्र्तराष्ट्रिय सम्मेलनको आयोजना ।
१०.अन्य सुधार र विकास क) ओटिसीबजार कारोवार शुल्कमा ९० प्रतिशतसम्म कटौती गरी ओटिसी बजारलाइ सक्रिय÷प्रभावकारी वनाइएको । ख) धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सम्वन्धित निक्षेप सदस्य (डिपी) वाट हुने व्यवस्था । ग) वित्तीय साक्षरता अभिवृद्धि गर्न धितोपत्र बजारसम्बन्धी रेडियो नेपालसंग पाक्षिक कार्यक्रम र लगानीकर्तासंग पाक्षिक प्रत्यक्ष संवाद रेडियो कायक्रम कातिपुर रेडियोसंग हुने व्यवस्थाको साथै बोर्र्डमा पाक्षीक निशूल्क लागानीकर्ता प्रशिक्षण समेत संचालन सहितका विभिन्न कार्यक्रमका व्यवस्था । (घ) आ.व. २०७४।७५ देखि बोर्र्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने व्यवस्था ङ) बोर्डको सिफारिशमा सरकारबाट बजारमा भ्याट नलाग्ने व्यवस्था र च) बोर्र्डले विभिन्न प्रकाशन समेत गरी सूचना प्रवाहलाई सुदृढ र व्यापक गरिएको साथै धितोपत्र व्यवसायीहरुको काम कारवाहीको अनुगमन तथा सुपरिवेक्षण गर्न सुपरिवेक्षण म्यानुअल तयारी गरी यसलाई सुदृढ गरिएको इत्यादि ।
तत्काल कार्यान्वयनको क्रममा रहेका कार्यहरु
क) अन्तिम चरणमा रहेको वैंकको सहायक कम्पनीलाई व्रोकर लाइसेन्स दिई प्रतिस्पधात्मक सेवा प्रदान गर्ने । ख) प्रशिक्षण प्रतिष्ठान र प्रादेशिक कार्यालयको स्थापना । ग) अर्थतन्त्रको आकार र वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी बोर्डबाट दुईवटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने नीतिगत निर्णय भएअनुसार अनुमति प्रदान गरी यस्तोवजार संचालन गराउने । घ) बोर्डको संस्थागत सुधारका लागि धितोपत्र सम्बन्धी ऐन संशोधनको प्रस्ताव अर्थमन्त्रालयमार्पmत संसदमा प्रस्तुत र ङ) यसका अलवा धितोपत्र व्यवसायी (व्रोकर र मर्चेण्ट वैकिंग) नियमावली, सामूहिक लगानी कोष नियमावली, क्रेडिट रेटिङ्ग नियमावली, धितोपत्र दर्ता तथा निष्काशन नियमावली आदिमा महत्वपूर्ण संशोधन गरी प्रस्तावित संशोधन नेपाल सरकार अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको । मुख्यतः ब्रोकरलाई डिलरसिप र एड्भाईजरी सेवा प्रदान गर्नेका साथै धितोपत्र व्यवसायी गाभिने÷ प्राप्ति हुने, सबै नियमन संस्थामा स्वार्थ बाझिन नहुने, राईट शेयर दोव्वर भर्न पाउने, सार्वजनिक निष्काशनमा बुक विल्डङ्ग विधि अपनाउने, स्थानीयले पाउने शेयरको लकईन पिरियड घटाउने, लाईफ ईन्सुरेन्स कम्पनीले म्युचुअल फण्ड संचालन गर्न पाउने इत्यादि व्यवस्था गरिएको छ । साथै भित्री कारोबार निषेध नियमावली बोर्डबाट अर्थमन्त्रालय स्वीकृतिका लागि पठाई सकिएको छ ।
चुनौतीहरु
क) अर्थतन्त्र र पूँजी बजारको आवश्यकता र विकास सम्बोधन गर्न निजी क्षेत्रमा थप एक स्टक एक्सचेञ्ज प्रवेश गराउने नीतिगत निर्णय भैसकेको परिेपे्रक्ष्यमा नेप्सेको कर्पोरेट निजीकरण शुरुवातको साथै आधुनिक अर्को स्टक एक्स्चेञ्ज स्थापना गरी प्रतिस्पर्धात्मक, स्वस्थ र आधुनिक वजारको विकास र विस्तार गर्ने, जसवाट आधुनिक सुविधा उपलव्ध भई दैनिक रु ५ अरवको कारोवार हुनसक्ने । ख) ऋणपत्र बजारलाई आधुनिक र सक्रिय बनाउने । ग) अन्तर्राष्टिय स्तरको धितोपत्र कारोवारको टेष्टेड सफ्टवेयर प्रणाली अपनाई गैर आवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई वजारमा प्रवेश गराउने र घ) नियमन निकायसहित वजारसहभागीहरुको क्षमता अभिवृद्धि गरी नेपालको धितोपत्र वजारलाई अन्तर्राष्ट्रिय रुपमा स्तरोन्नति गराउनु नै मुख्य चुनौती रहेको छ ।
अव म यहाँबाट सेवा निवृत भएतापनि पूँजीबजारसहित अर्थतन्त्र, बैंकिङ्ग, लघुवित्त र सामाजिक कार्यमा मेरो विज्ञता र सेवा सर्मपित गर्ने प्रण गर्दछु ।
अन्त्यमा नेपाल सरकारले मलाई काम गर्ने अवसर दिई पूँजीवजारको विकास÷सुधारको लागि विशेष योगदान गर्न पाएकोमा नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै सहयोगको लागि बोर्र्ड परिवारलाई विशेष धन्याबाद दिन चाहन्छु ।
( डा. रेवत बहादुर कार्की )
अध्यक्ष
असोज २९, २०७६