News of SEBON

सी–आस्वा सेवा प्रभावकारी बनाउने सम्बन्धमा ।

धितोपत्रको सार्वजनिक निस्काशनमा सी–आस्वा प्रणाली लागू गरिएकोमा लगानीकर्ता एवं आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत सी–आस्वा सफ्टवेयर मा समय समयमा connectivity जाने तथा system hang हुने जस्ता समस्याले गर्दा सेवा प्रभावकारी नभएको भनी बोर्डमा गुनासो प्राप्त भएकोमा सो सेवा प्रभावकारी बनाउन देहाय बमोजिम गर्न गराउन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई परिपत्र गरिएको छ ।
१. सी–आस्वा सेवाप्रदायक संस्थाहरुलाई प्रदान गरेको सी–आस्वा सफ्टवेयरको connectivity को क्षमतामा अभिवृद्वि गरी निर्वाध रुपमा सी–आस्वा सेवा सुचारु रहने संयन्त्रको बिकास गर्ने ।

साइबर सुरक्षा सम्बन्धी जानकारी अभिवृद्धि कार्यक्रम

नेपाल धितोपत्र बोर्डको आयोजनामा २०७५/०१/२० गते बोर्डको सभाहलमा सम्पूर्ण कर्मचारीहरुको सहभागितामा साइबर सुरक्षा सम्बन्धी जानकारी अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ |
विश्वमा सूचना प्रविधिको द्रुत बिकाससंगै डिजिटल उपकरणको प्रयोग बढ्दो छ । सूचना प्रबिधिले दैनिक जीवनमा ल्याएको सहजतासंगै साइबर अपराध संख्या पनि बढ्दो छ । जनचेतनाको कमीले साइबर अपराधक घटना दिनप्रतिदिन बढ्दै गएका छन् । त्यसैलाई दृष्टिगत गरि बोर्डले आफ्ना कर्मचारीहरुमा सूचना प्रविधिको सुरक्षित उपयोगमा जागरुकता बढाउन साइबर सुरक्षा सम्बन्धी कार्यक्रम आयोजना गरेको हो |

प्रदेश नं ७ का दुर्गम जिल्लाहरु बाजुरा तथा बझाङ्गमा पूँजी बजार सम्वन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

बाजुरामा कार्यक्रमः
नेपाल धितोपत्र बोर्ड तथा बाजुरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा यही वैशाख १६ गते प्रदेश नं ७ को दुर्गम बाजुरा जिल्लाको मार्तडीमा पूँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम स्थानीय उद्योगी, व्यापारी, विधार्थीहरु, लगानीकर्ताहरु, सरकारी निकायका पदाधिकारी, व्यवसायी, पत्रकार तथा सर्वसाधारण गरी करिब १५० जनाको सहभागितामा सम्पन्न भएको छ ।

प्रदेश नं ७ को राजधानी धनगढीमा पुँजी बजार सम्वन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) तथा सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससि) को संयुक्त आयोजनमा यही वैशाख १२ गते प्रदेश नं ७ को राजधानी कैलालीको धनगढीमा पुँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम स्थानीय उद्योगी, व्यापारी, विधार्थीहरु, लगानीकर्ताहरु, सरकारी निकायका पदाधिकारी, व्यवसायी, पत्रकार तथा सर्वसाधारण गरी करिब ३०० जनाको सहभागितमा सम्पन्न भएको छ ।

बोर्डको आधिकारिक सूचना तथा जानकारी संप्रेषण सम्वन्धमा ।

बोर्डको आधिकारिक सूचना तथा जानकारी संप्रेषण गर्न हाल प्रवक्ता, सह प्रवक्ता तथा सहायक प्रवक्ताको व्यवस्था भएकोमा बोर्डको सूचना प्रवाहमा छिटो छरितो र एकरुपता ल्याउन अव उप्रान्त प्रवक्ता तथा सहायक प्रवक्ता मार्फत् मात्र बोर्डको आधिकारिक सूचना सम्प्रषेण हुने व्यवस्था गरिएको छ ।
मितिः २०७५ बैशाख ११

वीरगंज, कलैया तथा हेटौडामा पूँजीवजार सम्वन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न ।

बोर्ड र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा यही मिति २०७५।०१।०४ गते वीरगंजमा पूँजीबजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वीरगंज महानगरपालिका मेयर श्री विजय सरावगी तथा विशेष अतिथिको रुपमा बोर्डका अध्यक्ष डा.

Pages