News of SEBON

बोर्ड तथा एनआरएन पदाधिकारी वीच छलफल

गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरु र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की तथा अन्य उच्च पदाधिकारीहरु वीच धितोपत्र बजारमा लगानी गर्ने सम्बन्धमा हालै छलफल भएको छ । सो क्रममा एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संूूख्यामा छरिएर रहेका एनआरएन साथीहरु नेपालको पँुजी वजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेकोले सो को लागि वोर्डले आवश्यक नीतिगत व्यवस्था गरिदिन अनुरोध गर्नु भएको थियो । सोही क्रममा उहाँले आफुहरुले शुरुवातमा रु.१० अर्ब लगानी गर्ने योजनामा रहेको जानकारी समेत गराउनु भयो । उक्त अवसरमा बोर्डका अध्यक्ष डा.

वस्तु विनिमय बजार सम्बन्धी नियमावली २०७४ लागू

वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृतिमा "वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४" बनाई लागू गरेको छ | उक्त नियमावली नेपाल धितोपत्र बोर्डको वेवसाइट www.sebon.gov.np मा उपलब्ध छ |

वस्तु विनिमय बजार नियमन सम्बन्धी बोर्डका कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम ।

बोर्डले कमोडिटिज डेरिभेटिभ्स बजारको नियमन जिम्मेवारीलाई प्रभावकारी रुपमा पुरा गर्न बोर्डका कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एमसिएक्स–भारत (MCX-India) को प्राविधिक सहयोगमा कमोडिटिज डेरिभेटिभ्स बजार विषयक दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा विगत करिब १० वर्षदेखि संचालनमा रहेको कमोडिटिज डेरिभेटिभ्स बजारलाई नियमनको दायरामा ल्याउने उद्देश्य बमोजिम व्यवस्थापिका संसदबाट पारित भएको वस्तु बजार सम्बन्धी विद्येयक, २०७४ निकट भविष्यमा प्रभावकारी हुने भएकोले बोर्डले ऐनका व्यवस्थाहरु कार्यान्वयनमा ल्याउन आवश्यक वस्तु विनिमय बजार सम्बन्धी नियमावलीको मस्यौदालाई अन्तिम र

नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबीच सूचना आदान प्रदान सम्झौता ।

धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था IOSCO को सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम IOSCO को एशोसियट सदस्य भइसकेको बोर्डले साधारण सदस्यता प्राप्त गर्न धितोपत्र बजारमा हुने कारोवार तथा अन्य गतिविधि सम्बन्धी कसुरको खोज/अनुसन्धान (Investigation) का लागि बैकिङ्ग अभिलेखमा पहुँच हुनुपर्ने प्रावधान अनुसार वित्तीय प्रणालीका महत्वपूर्ण निकायका रुपमा रहेका बोर्ड र नेपाल राष्ट्र बैंकबीच आपसी सहयोग तथा सूचना आदान प्रदान गनुपर्ने देखिएको पृष्ठभूमिमा बोर्डले नेपाल राष्ट्र बैंकसँग द्विपक्षीय समझदारी तथा सम्झौता गर्न समन्वय गरी हालै बोर्ड र नेपाल राष्ट्र बैंकबीच अर्थ मन्त्रालयको रोहव

धितोपत्र सार्वजनिक निष्काशनको केन्द्रीकृत विधुतीय सेवा कार्य संचालन(C-ASBA) निर्देशिका, स्वीकृत गरिएको सम्बन्धमा ।

सार्वजनिक निष्काशन कार्यलाई थप सरल, व्यवस्थीत पारदर्शी बनाउन बोर्डले मिति २०७३ माघ देखि संगठित संस्थाको सार्वजनिक निष्काशनमा आवेदन गर्न चाहने लगानीकर्ताले आस्वा मार्फत प्राथमिक बजारमा आवदेन दिन सक्ने व्यवस्था गरेकोमा हाल यो सुविधा २४०० भन्दा बढी शाखा मार्फत ७५ वटै जिल्लामा उपलब्ध भएकोमा यस व्यवस्थालाई प्रविधिमैत्री बनाई केन्द्रिकृत रुपमा संचालन गरी थप व्यवस्थीत एवं प्रभावकारी बनाउने प्रयास गरिएको छ । यसै क्रममा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्रस्तुत गरेको “धितोपत्र सार्वजनिक निष्काशनको केन्द्रिकृत विधुतीय सेवा कार्य संचालन निर्देशिका, २०७४” लाई सबै सरोकारवालाहरु धितोपत्र बजार, बैंक तथा व

विश्व लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम ।

विश्व लगानीकर्ता सप्ताह तथा बोर्डको रजत जयन्ती वर्षको अवसरमा बोर्डले आज लगानीकर्ता तथा लगानीकर्ता संघका पदाधिकारीको उपस्थितिमा बोर्ड परिसरमा लगानीकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा कुल ७५ जनाको सहभागिता रहेको थियो ।

Pages