सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र व्यवसायीको भूमिका विषयक अन्तरक्रिया -छलफल कार्यक्रम सम्पन्न

सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र व्यवसायीको भूमिका विषयक अन्तरक्रिया -छलफल कार्यक्रम सम्पन्न नेपाल धितोपत्र बोर्डले हालै सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र व्यवसायीको भूमिका विषयक अन्तरक्रिया -छलफल कार्यक्रम आयोजना गरिएको थियो । बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीको अध्यक्षतामा नेपाल सरकार अर्थमन्त्रालयका राजस्व सचिव श्री शिशिर कुमार ढुंगानाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको उद्देश्य धितोपत्र तथा वस्तु विनिमय बजारमा सम्पत्ति शुद्धीकरण निवारणमा भईरहेका नीतिगत व्यवस्थाह?को सुधार र प्रचलित अभ्यासको जानकारी दिदैं धितोपत्र व्यवसायीको भूमिकाका सम्बन्धमा स्पष्ट पार्नु रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राजस्व सचिव श्री शिशिर कुमार ढुंगानाले सम्पत्ति शुद्धीकरणको मुद्दा सरकारको मात्र वा नियमनकारी निकाय वा वित्तीय प्रणालीका सहभागीह?को मात्र नभएर यो आमसर्वसाधारण समेतको चिन्ता र चासोको विषय भएको बताउंदै बोर्डले यस प्रकारको कार्यक्रम गरेकोमा सराहना गर्नुभयो । प्रमुख अतिथि ढुंगानाले धितोपत्र व्यवसायीह? कारोवारको प्रवेश विन्दु भएको र व्यवसायीह? विशेष इमान्दार र सतर्क हुनसके सम्पत्ति शुद्धीकरण शु?वात चरणमै नि?त्साहित हुने बताउंदै सुदृढ अर्थतन्त्रका लागि वित्तीय प्रणालीको दीर्घकालीन स्वस्थता आवश्यक रहने र यदी वित्तीय प्रणाली सुरक्षित भएन भने प्रणालीमा संलग्न सवैपक्ष र आम जनजीवन समेत प्रभावित हुने बताउनुभयो । केही समययता सरकारले धितोपत्र बजारको विकासमा व्यवसायीह?लाई सहजीकरण समेत गर्दै आईरहेको र व्यवसायीह?बाट समेत सरकारको प्राथमिकता तथा चासोलाई सम्वेदनशील हुुनुपर्ने बताउनुका साथै प्रमुख अतिथि ढुंगानाले सन २०२० सम्ममा सम्पत्ति शुद्धीकरणका विश्वव्यापी मापदण्डह?मा नेपालको मूल्यांकन हुने हुंदा सोका लागि सवैपक्ष गम्भीर भई हातेमालो गर्न ज?री रहेको बताउनुभयो । उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक श्री मुक्तिनाथ श्रेष्ठले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धमा बोर्डको भूमिका, नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईका प्रमुख एवं निर्देशक श्री रामु पौडेलले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीह?ले वित्तीय जानकारी इकाईमा गर्नुपर्ने सूचना प्रवाहह? सम्बन्धी व्यवस्था र नेपाल राष्ट्र बैंक (हाल अर्थमन्त्रालय, सम्पत्ति शुद्धीकरण इकाईका प्रमुख ) श्री हरि नेपालले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण र धितोपत्र व्यवसायीको भूमिका तथा अभ्यास विषयमा छुट्टाछुट्टै तीन कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बोर्डका निर्देशक श्री मुक्तिनाथ श्रेष्ठले आफ्नो कार्यपत्रमा मूलतः सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलपामा वित्तीय लगानी सम्बन्धी कसूर, धितोपत्र बजारमा शंकास्पद कारोवारको पहिचान, अभिलेख, रिपोर्टिङ्ग सम्बन्धि विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयनको अवस्था, बोेर्डको गत आ.व.मा व्यवसायीकस्तरको पालना नगरेका धितोपत्र दलाल व्यवसायीलाई पचहत्तर हजार ?पैया जरिवाना, ग्राहक पहिचान विवरणको स्पष्ट अभिलेख नराखेकोमा दुई धितोपत्र दलाल व्यवसायीका कार्यकारी प्रमुखलाई पचास÷पचास हजार ?पैयां जरिवाना गरिएको समेत जानकारी गराउनुभएको थियो । यसैगरी आफ्नो कार्यपत्रमा नेपाल राष्ट्रबैंकका रामु पौडेलले विश्वमा वार्षिक ?पमा जिडिपिको २–५ प्रतिशत सम्पत्ति शुद्धीकरण भएको आइएमएफको तथ्याङ्क प्रस्तुत गर्दै सम्पत्ति शुद्धीकरण र आतंकवादमा वित्तीय लगानी विश्वव्यापी चासो भएको बताउनुभयो । पौडेलले आफ्नो प्रस्तुतीमा गत आ.व.मा जम्मा दुईवटा मात्र शंकास्पद कारोवारको रिपोर्टिङ्ग आउनुले धितोपत्र बजारमा शंकास्पद कारोवारको रिपोर्टिङ्ग कमजोर रहेको उल्लेख गर्दै धितोपत्र व्यवसायीह?ले ग्राहकको जोखिम आफूले लिन नहुने भन्दै ग्राहकको जोखिम मूल्यांकनमा विशेष चनाखो र जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो । अर्का प्रस्तोता हरि नेपालले नेपालको धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारणमा विगतका प्रयासह? सकारात्मक रहेपनि पर्याप्त नभएको, धितोपत्र व्यवसायीह?ले ग्राहक पहिचान विवरणमा उल्लेख गरिएको पेशा र ग्राहकको कारोवारवीच तादाम्य रहे नरहेको हेर्ने नगरेकोप्रति गुनासो गर्दै ग्राहकको जोखिम मूल्यांकनमा व्यवसायीह? गम्भीर हुनुपर्ने कुरा वताउनुभयो । सम्पत्ति शुद्धीकरण निवारणको मुद्दालाई सवैले अपनत्व लिई जिम्मेवार बन्नुपर्ने, बोर्डले सम्पत्ति शुद्धीकरण सम्बन्धमा बजार सुपरीवेक्षलाई शशक्त?पमा अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागीह?ले जलविद्युतको शेयरमा गरिने लगानीको श्रोतको अभिलेख, लगानी व्यवस्थापनमा हुने रकम लगानीमा श्रोतको अभिलेख, शंकास्पद कारोवार रिपोर्टिङ्ग र सो को समयावधि, जोखिम मूल्यांकन गर्ने तरीका लगायतका विषयह?मा जिज्ञासा राख्नुका साथै ग्राहकको जोखिम मूल्यांकन सम्बन्धमा अर्थमन्त्रालय र बोर्डले समन्वयात्मक ?पमा तालिम, गोष्ठीको आयोजना गर्नुपर्ने माग समेत गर्नुभएको थियो भने सहभागीह?को जिज्ञासाह?को सम्बोधन कार्यपत्र प्रस्तोताह? र बोर्डका अध्यक्ष डा. कार्कीले गर्नुभएको थियो । धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैकरह?, नेपाल स्टक एक्स्चेन्ज लि.,सिडिएसी एण्ड क्लियरिङ्ग लि., क्रेडिट रेटिङ्ग एजेन्सीह?का प्रतिनिधीह? गरी करिब ११५ जनाको सहभागीता रहेको सो कार्यक्रममा सहभागीह?लाई स्वागत मन्तव्य तथा कार्यक्रम बारे जानकारी दिदै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक श्री परिष्टनाथ पौड्यालले पछिल्लो समय सम्पत्ति शुद्धीकरण निवारणको विषय सरकार र समग्र वित्तीय प्रणालीको चासोको विषय रहेका, धितोपत्र बजारमा पछिल्लो समय सम्पत्ति शुद्धीकरण चर्चाको विषय भएको र सवल वित्तीय प्रणालीको विश्वसनीयतामा सम्पत्ति शुद्धीकरण निवारणका लागि वित्तीय प्रणालीमा आवद्ध सवैपक्षह?वीच सहकार्य हुनुपर्ने बताउनुभयो । कार्यक्रमका सभापती एवं बोर्डका अध्यक्ष डा. कार्कीले बोर्डले सम्पत्ति शुद्धीकरण निवारणलाई विशेष जोड दिंदैआएको, विगतमा सम्पत्ति शुद्धीकरणको सवालमा व्यवसायीह?लाई कारवाही समेत भएको, ग्राहक पहिचान विवरण फाराम अद्यावधिक गरी लागू गरीएको लगायतका सुधारह? भएको वताउंदै आगामि दिनमा बोर्डले बजरासुपरीेवेक्षण कार्यलाई अझ परिणाममुखी बनाउंदै लैजाने बताउनुभयो । साथै उहांले तोकिएको समयमा गर्नुपर्ने काम सो समयमा हुन नसकेमा त्यसले ल्याउने जोखिम समय वितेपश्चात न्यूनीकरण गर्न नसकिने समेत बताउनुभयो । बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीलाई धन्यवाद दिदै आगामी दिनमा पनि बोर्डले यस प्रकारको कार्यक्रम आयोजना गर्ने बताउनु भयो । उक्त कार्यक्रमको संचालन बोर्डका उपनिर्देशक तेज प्रसाद देवकोटाले गर्नुभएको थियो ।