News of SEBON

वैकल्पिक लगानी कोष नियमावली, २०७५ (मस्यौदा) सम्बन्धमा छलफल/अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

बोर्डले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलजस्ता औजारमार्फत् स्वदेशी तथा गैरआवासीय नेपाली सहित वैदेशिक पूँजी समेत परिचालनमा सहजीकरण गर्ने उद्देश्यले तयार गरेको वैकल्पिक लगानी कोष नियमावली, २०७५ को मस्यौदामाथि सम्पूर्ण सरोकारवालाहरुको राय, सल्लाह तथा सुझाव लिने उद्देश्यले मिति २०७५ श्रावण ३१ मा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बोर्ड अध्यक्ष डा.

पूँजी बजार नियमन तथा विकासमा हालसालका सुधार र आर्थिक पत्रकारितासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

यस बोर्ड र नेपाल आर्थिक पत्रकार समाज–सेजनको संयुक्त आयोजनामा मिति २०७५ असार २९ मा पूँजी बजार नियमन तथा विकासमा हालसालका सुधार र आर्थिक पत्रकारितासम्बन्धी आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बोर्ड अध्यक्ष डा.रेवत बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा सेजनका अध्यक्ष श्री पुष्पराज आचार्य र सेजनका पदाधिकारी लगायत विभिन्न प्रिन्ट तथा अनलाइन मिडियाका अधिकांश आर्थिक पत्रकारहरुको सहभागिता रहेको थियो ।

सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन निर्देशिका, २०७४ कार्यान्वयनसम्बन्धी अन्तरक्रिया/छलफल कार्यक्रम सम्पन्न ।

नेपाल धितोपत्र बोर्ड (बोर्ड) बाट सूचीकृत संगठित संस्थाहरुको काम कारवाहीलाई नियमित एवं व्यवस्थित गरी शेयरधनी लगायत अन्य सम्पूर्ण सरोकारवाला पक्षहरु प्रति सम्बन्धित संस्थालाई उत्तरदायी बनाई धितोपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन २०७४ माघ २५ मा सूचना तथा जानकारी प्रवाह, सञ्चालक समिति, अध्यक्ष, सञ्चालक तथा आचरण, जोखिम व्यवस्थापन, आतरिक नियन्त्रण प्रणाली, संगठन संरचना, कर्मचारी तथा परिपालन अधिकृत, लेखा तथा लेखा परीक्षण तथा संगठित संस्थाले गर्नुपर्ने तथा गर्न नहुने कार्यहरु सम्बन्धी व्यवस्थाहरु समावेश गरी सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गरेको

प्रदेश नं. १ को दुर्गम जिल्ला खोटाङमा पूँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न ।

नेपाल धितोपत्र बोर्ड र खोटाङ उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा मिति २०७५।०३।१६ गते दिक्तेल बजारमा पूँजीबजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम उक्त संघका अध्यक्ष राजेन्द्र लयालुको सभापतित्वमा र जिल्ला समन्वय समितिका सभापति श्री बबि चाम्लिङको प्रमुख आतिथ्यता तथा बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीको बिशेष आथित्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा खोटाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, रुपाकोट मजुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजाल, बोर्डको निर्देशक डा.

प्रदेश नं. ४ को दुर्गम जिल्ला मनाङमा पूँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न ।

नेपाल धितोपत्र बोर्ड र मनाङ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा यही मिति २०७५।०२।२६ गते चामेमा पूँजीबजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम उद्योग वाणिज्य संघका पदाधिकारी, सरकारी निकायका पदाधिकारी, विभिन्न व्यवसायी, लगानीकर्ता, पत्रकार तथा सर्वसाधारणहरु समेतको गरी उल्लेख्य जनसहभागितामा सम्पन्न भएको छ ।