ASBA प्रणालीमा सहभागी हुन ११ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई अनुमति प्रदान

हालै स्वीकृत Applications Supported by Blocked Amount (ASBA) प्रणाली आगामी माघदेखि लागू गर्ने क्रममा सोमा सहभागी हुन योग्य बैंक वा वित्तीय संस्थालाई अनुमतिको लागि निवेदन दिन सार्वजनिक सूचना गरेकोमा सोही वमोजिम यसमा सहभागी हुन वोर्डमा निवेदन प्राप्त देहाय अनुसारका एघार वटा बैंक तथा वित्तीय संस्थाहरुलाई अनुमति प्रदान गरिएको छ । साथै उक्त प्रणालीमा समावेश हुन थप ६ वटा बैंक तथा वित्तीय संस्थाहरुको निवेदन प्राप्त भएको र वोर्डले उक्त निवेदनहरुको सम्वन्धमा अध्ययन गरिरहेको र छिट्टै अनुमति प्रदान गर्ने छ ।

साथै उक्त प्रणालीमा सहभागी हुन निवेदन दिने समयावधी नतोकिएको परिप्रेक्ष्यमा अन्य योग्य बैंक तथा वित्तीय संस्थाहरुले समेत वोर्डमा सम्पर्क गरी निवेदन आउने क्रम जारी रहेको छ ।

१ सेञ्चुरी कमर्शियल वैंक लि.
२ सनराइज वैंक लि.
३ कैलाश विकास वैंक लि.
४ एस डेभलपमेन्ट वैंक लि.
५ सिटिजन्स वैंक इन्टरनेशनल लि.
६. लक्ष्मी वैंक लि.
७ सानिमा वैंक लि.
८ सिद्धार्थ वैंक लि.
९ एन आई सि एशिया वैंक लि.
१० एनवि वैंक लि.
११ कुमारी वैंक लि.

उल्लेखित संस्थाहरुले ASBA प्रणालीमा सहभागी हुन अनुमति प्राप्त गरेवाट आगामी माघदेखि सो प्रणालीलाई कार्यान्वयनमा ल्याउने वोर्डको योजनामा सहजता हुने तथा सार्वजनिक निष्काशनमा आवेदन दिने सम्बन्धी विद्यमान झण्झटिलो प्रक्रियामा सुधार भई लगानीकर्तामैत्री हुने वोर्डको अपेक्षा रहेको छ ।

मितिः २०७३।०९।०८