धितोपत्र बजारमा सेक्युरिटिज डिलरलाई प्रवेश गराउने सम्बन्धमा | (new)

बोर्डको आ.ब.२०७५।०७६ को नीति तथा कार्यक्रममा पूँजी बजारको गतिशील विकासमा सहयोग पु¥याउने उद्देश्यले बजार निर्माता÷डिलर लाई पूँजीबजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने कार्यक्रम रहेको छ । यसै सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज लि.(नेप्से) बाट मिति २०७५।०७।२० देिख अनलाईन कारोबार प्रणाली शुरु गरिसकेको परिप्रेक्ष्यमा धितोपत्र बजारमा बजार निर्माता/डिलरलाई प्रवेश गराउन भैरहेको तयारीकोे सम्बन्धमा बोर्डले नेप्सेसँग जानकारी माग गरेको छ । धितोपत्रको खरिद तथा विक्री दुबै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा विक्री गरी बजार निर्माता/डिलरले बोर्डले तोकेको व्यवस्था अनुसार कारोवार गर्न तथा धितोपत्रको अण्डरराइटिङ्ग समेत गर्ने गर्दछ । धितोपत्र बजारमा बजार निर्माता/डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग हुने बोर्डको विश्वास रहेको छ । मितिः २०७५।०८।२०

Download Files: Nepali